• सोमबार, साउन ११ २०८३

गोरखा अस्पताल ५० वर्षमा प्रबेश


शुक्रबार, चैत्र २४ २०७९
1.8K
Shares

गोरखा । गोरखा अस्पताल पचास वर्षमा प्रबेश गरेको छ । बि.स २०२९ चैत महिनामा स्थापना भएको अस्पताल आज ५० वर्ष पुरा भएको हो ।

बि.स २०१० सालमा डिसपेन्सरी रुपमा गोरखा संग्रहलयमा स्थापना भएको गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए । त्यस बेला भारतिय गोरखा सैनिकहरुले सामान्य रुपमा औषधी बनाउने गरेका थिए ।

त्यस लागतै २०१८ सालमा हेल्थ सेन्टरमा रुपमा रोटेपानीमा सरिएको उनले बताए । समय बित्दै जाँदा २०२९ सालमा हालको अस्पताल हेल्थ सेन्टर १५ शैयाको अस्पतालको रुपमा बिकास भएको उनले बताए ।

यस्तै बि.स.२०६६ सालमा डा. गुणराज लोहनीले सेवा गरेको ढकालको भनाइ छ । उनकै समयबाट अस्पतालमा सुत्केरी, एपीनडाइटीस जस्ता नियमित रुपमा सेवा सञ्चालनमा ल्याइएको उनले बताए ।

२०६९ सालमा मन्त्री परिषदको निर्णयले सरकारले देश भरिका रहेका १५ शैयाबाट ५० शैयामा स्तरोन्नति गरिएको ढकालले बताए । २०७२ सालको भूकम्प भवनमा क्षति पुर्याएपछि टेनबाट सेवा दिएको उनले बताए ।

कर्मचारी र भवनको अभावमा अस्पतालले ५० शैयाको ठाउँमा १५ शैयाको मात्र बनाएर उपचार गरेको ढकालले जानकारीले दिए ।

भवन जिर्णोद्धार भएपछि अस्पताल र स्विचको मेडिकल टिमको पहलमा ट्रेनबाट सेवा दिएको उनले बताए । ‘त्यो बेला हामीलाई धेरै गाह्रो भएको थियो,’ ढकालले भने, ‘बर्खाको समयमा भित्र पानी आउने,गर्मीको समयमा गर्मी हुने र जाडोको समयमा जाडो हुने समस्या थियो ।’ पछि समस्या बढ्दै गएपछि ठुलो टेन्टबााट सेवा दिएको उनले बताए ।

उक्त समयमा कुनै बिरामीको ३/४ महिनामा समेत राखेर उपचार गरेको उनले बताए । पछि भूकम्पले नै क्षति पुर्याएको अस्पतालमै रेड्रोििफटिड गरेर उही अस्पताल भित्र सेवा प्रवाह गरेको ढकालको भनाइ छ । पछि नयाँ सुबिधा सम्पन्न अस्पताल निर्माण सुरु गर्ने भएपछि कर्मचारीहरु बस्ने भवनबाट सेवा दिएको उनले बताए । यस्तै उक्त समयमा कोरोना महामारीको प्रकोप फैलिएपछि समस्या बढेको उनले बताए ।

सिमित कर्मचारीको संख्या, बाक्लो सेवाग्राहीको चाप समस्या झेल्निुपरेको ढकालले बताए । पछि नयाँ भवन जर्मन सरकारको सहयोगमा करिब ३७ करोड लागतमा निर्माण भएको गोरखा अस्पतालले थालिसकेको छ ।

अस्पतालमा डायललिस, एच्डीयु, थेरापी, स्त्री रोग, हाडजोर्नी रोग, सुरक्षित गर्भपतन, पाठेघर खसेका लगायतका लगायतका सेवाहरु उपलब्ध हुँदै आएको छ । यस्तै अस्पताले प्रतिमहिना ७० जना महिलाहरुको सुत्केरी गर्दै आइरहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार