शुक्रबार बिहान नवलपरासी, चितवन (भरतपुर), कपिलवस्तु, सर्लाहीमा गरी थप ३० जनामा संक्रमण पुष्टि भएको छ।
योसँगै देशभर संक्रमितको संख्या ४८७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नयाँ संक्रमितहरु नवलपरासी (वर्दघाट सुस्ता पूर्व) विनय त्रिवेणी गाउँपालिका–६ का ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका–६ केसरवाघ, चितवनका ७४ वर्षीय पुरुष र ७३ वर्षीय महिला छन्।
त्यसैगरी नवलरासी सुस्ता गाउँपालिका–५ र रामग्राम नगरपालिका–३ र १८ का ९ जना सर्लाही गोडैता नगरपालिकाका ५ जना, रामनगर बहुअर्वा गाउँपालिका–७ का १५ जना छन्। यसरी संक्रमित हुनेमा ८ वर्षीय बालकदेखि ७४ वर्षसम्मका छन्।