• शनिबार, साउन ९ २०८३

नौ हजार विदेशीलाई देश निकाला गर्दै कुवेत


शुक्रबार, चैत्र २४ २०७९
2.6K
Shares

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

काठमाडौँ । पछिल्लो तीन महिनाको अवधिमा कुवेतले ९ हजार विदेशीहरूलाई देश निकाला गरेको छ । आपराधिक र दुर्व्यवहारका घटनामा संलग्न भएको आरोपमा विभिन्न राष्ट्रियता भएका ९ हजार आप्रवासीहरूलाई देश निकाला गरिएको कुवेतको सुरक्षा स्रोतले जनाएको छ ।

देश निकाला गरिएकामध्ये करिब ४ हजार महिला रहेको बताइएको छ । देश निकाला गरिएका मध्य पहिलो स्थानमा भारतीय समुदाय, दोस्रोमा फिलिपिनो समुदाय, तेस्रोमा श्रीलंकाली समुदाय र चौथोमा इजिप्टियन समुदाय छन्।

हाल करिब ७ सय पुरुष र महिला निर्वासन जेलमा छन्। आवश्यक प्रक्रिया पूरा गरी आगामी दश दिनभित्र उनीहरूलाई स्वदेश फर्काउने व्यवस्था मिलाइएको छ । विगत तीन महिनामा लागूऔषध दुर्व्यसन र ओसारपसार गर्नेको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार