SARS-CoV-2 Coronavirus Variant Omicron cell delta on green background 2021 2022.
काठमाडौं । सीमापारी भारतमा कोरोना संक्रमण ह्वात्तै बढ्को छ । सीमावारी नेपालमा पनि यसको जोखिम उच्च देखिएको छ। खुला सीमाबाट संक्रमितको निर्वाध आवतजावत भइरहेकाले जोखिम झनै बढने विज्ञहरू बताउँछन् ।
जनस्वास्थ्य विज्ञ डा। बाबुराम मरासिनीले सीमामा निर्वाध आवतजावतले मुलुकभित्र आगामी दिनमा संक्रमण बढ्ने बताए।‘अब कोरोनाको संक्रमण झन् बढ्दै जाने जोखिम छ,’ डा। मरासिनीले भने, ‘संक्रमितको अस्पतालमा भर्नादर पनि बढ्छ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाका एक जना बिरामीको भेन्टिलेटरमा उपचार भइरहेको छ।चार जना सघन उपचार कक्ष (आईसीयू)मा उपचाररत छन्।
मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीका अनुसार, चैतको पहिलो सातादेखि कोरोना संक्रमितको संख्या बढ्न थालेको हो।चैतमा संकलित २४ वटा नमुनाको पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा सबैमा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ।भारतमा पछिल्लो २४ घण्टामा ५ हजार ३ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपालमा र भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सबीबी।१।१६ को संक्रमण फैलिरहेको जनाइएको छ।गत चैत १७ गते सबैभन्दा बढी १ सय ४७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
‘सीमापारी संक्रमण जुन दरले बढेको छ।त्यो चुनौतीपूर्ण छ,स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले भने,‘सीमापारीको संक्रमणको प्रभाव सीमावारी पनि परेको छ । ओमिक्रोन भेरिएन्ट बढी संक्रामक देखिएको छ।खोप लगाएका व्यक्तिमा पनि संक्रमण भएको छ।
खोप नलगाएका व्यक्तिहरूलाई संक्रमणको जोखिम झन् उच्च हुन्छ।’ सीमा नाकाहरूमा स्थापित हेल्थ डेस्कमा रहेका स्वास्थ्यकर्मीबाट कोभिड–१९ को परीक्षण गराई नतिजा पोजेटिभ आएमा परामर्शका साथै नजिकको अस्पतालमा निदान र उपचारको व्यवस्था मिलाइएको अधिकारीले बताए । कोरोना संक्रमणबाट स्वास्थ्यकर्मी पनि संक्रमित भइरहेका छन्।