• शनिबार, साउन ९ २०८३

‘एयरपोर्टका कर्मचारीले श्रमिकका शवको बाकस पनि फुटाउन थाले’


बिहिबार, चैत्र २३ २०७९
1K
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले त्रिभुवन विमानस्थलमा भ्रष्टाचारले सबै सीमा नाघेको बताएका छन्। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकको आकष्मिक समयमा बोल्ने क्रममा यात्रुका सुटकेससँगै शव बोकेका बाकस पनि कर्मचारीले फुटाउन थालेको दाबी गरे। 

विमानस्थलमा विदेशबाट शव ल्याइएका बाकसमा समेत केही गरगहना छ कि भनेर लुट्नका लागि फुटाइने गरेको भन्दै उनले भ्रष्टाचार जरैसम्म पुगेको बताए । गरिब चेपाङ बच्चालाई दिइने दिवा खाजामा समेत भ्रष्टाचार हुने गरेको भन्दै उनले यो सबैको कारण बेथिति रहेको बताए ।

‘विदेशबाट ल्याइएका शवका बाकस पनि एयरपोर्टमा फोडिएको छ। गरगहना र महत्वपूर्ण सामान छन् कि भनेर लुट्न कर्मचारीले त्यसो गरिरहेका छन्’, उनले भने, ‘शव ल्याएका बाक्साहरु पनि फोडिएको देख्दा भ्रष्टचारको जरो कति गाडिएको छ भन्ने छर्लङ्ग भएको छ।’

उनले लागुऔषध बोकेका कुरा नदेख्ने एयरपोर्टका कर्मचारी र प्रणालीले यात्रुका सुटकेस र बाकस फुटाइरहेको गुनासो गरे।

उनले एयरपोर्ट र सामुदायिक विद्यालय देशको मुहार भएको बताउँदै जताततै भ्रष्टाचारले जरो गाडेको उल्लेख गरे। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार