• शुक्रबार, भाद्र १९ २०८३

पोल्याण्डमा नयाँ राहदानीको लागि ३ दिने घुम्ती सेवा


बिहिबार, चैत्र २३ २०७९
1K
Shares

बर्लिनस्थित नेपाली दूतावास, वार्सास्थित अवैतनिक बाणिज्यदूतावास र गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् पोल्याण्डको सहकार्यमा विद्युतीय राहदानी फारम र बायोमेट्रिक सङ्कलन गर्नका लागि तीन दिने घुम्ती सेवा सम्पन्न भएको छ।  

पोल्याण्डको राजधानी वार्सामा अप्रिल १ देखि ३ सम्म संचालन भएको घुम्ती सेवामा २१५ जनाले नयाँ राहदानीको लागि आवेदन दिएका छन्, जसको उद्‌घाटन ३१ मार्चमा नै वार्सास्थित अवैतनिक वाणिज्यदूतावासको कार्यालयबाट भएको थियो।

पोल्याण्डमा रहेका नेपालीहरुको नयाँ राहदानी बनाउन बायोमेट्रिक संकलनको लागि परराष्ट्र मन्त्रालयको बर्लिनस्थित नेपाल दूतावास र पोल्याण्डको लागि अवैतनिक वाणिज्यदूतावासको रोहबरमा घुम्ती सेवा संचालन गर्ने निर्णय बमोजिम सो सेवा सम्पन्न भएको हो। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार