विश्वभर कोरोना संक्रमणको दर दिनहुँ झनझन् बढ्दै गएको छ। बिहीबार एकै दिन एक लाख भन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।
वल्डओमिटरमा सार्वजनिक शुक्रबार बिहान ६ बजेसम्मको तथ्यांकअनुसार गएको २४ घन्टामा विश्वभर एक लाख ५ हजार ६ सय २९ जना नयाँ संक्रमित थपिएका छन्। यो एकै दिन भएको अहिलेसम्मकै धेरै संक्रमण हो।
नयाँ संक्रमित सबैभन्दा धेरै अमेरिकाका छन्। त्यहाँ हिजो एकै दिन २७ हजार ५ सय ९७ जना नयाँ संक्रमित थपिएका छन्। अमेरिकामा अहिलेसम्म संक्रमितको संख्या १६ लाख २० हजार नाघेको छ।