• शनिबार, साउन ९ २०८३

एसईई : एउटै परीक्षा केन्द्रबाट ५२ जना नक्कली परीक्षार्थी पक्राउ


बिहिबार, चैत्र २३ २०७९
1K
Shares

काठमाडौँ । मोरङको एउटै एसईई परीक्षा केन्द्रबाट ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । मोरङको ग्रामथान नगरपालिका २ झोराहाटस्थित सरस्वती नमुना माविको परीक्षा केन्द्रबाट ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन्।

आज विहीबार सामाजिक विषयको परीक्षा दिदै गरेका ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले पुष्टि गरे ।

सरस्वती नमुनामा ८ वटा विद्यालयको सेन्टर छ। पक्राउ परेका विद्यार्थी विराटनगर महानगरपालिका १९ स्थित युनि बोर्डिङ स्कुल र सार्वजनिक माविका रहेको खुलेको छ ।

नक्कली परीक्षार्थी भेटिएपछि अहिले घटनाको अनुसन्धान भइरहेको डिएसपी दाहालले बताए ।

सरस्वती स्कुलमा ११ वटा कोठमा परीक्षा भइरहेको छ। ११ मध्ये ७ वटा कोठाबाट ५२ जना नक्कली परीक्षार्थी भेटिएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार