• शनिबार, साउन ९ २०८३

पाँच बर्षअघि पूर्ण साक्षर घोषणा गरिएको जिल्लामा अझै ३२ प्रतिशत निरक्षर !


बिहिबार, चैत्र २३ २०७९
1.4K
Shares

गोरखा । भर्खरै सार्बजनिक भएको २०७८ को जनगणना अनुसार गोरखा जिल्लामा एक तिहाई मानिस निरक्षर रहेको तथ्यांकले देखाएको छ । जनगणनाको तथ्यांक अनुसार ३३.२ प्रतिशत निरक्षर रहेका छन् ।

तर गोरखालाई आजभन्दा करिब ५ बर्षअघि नै पूर्ण साक्षर जिल्ला घोषणा गरिसकिएको थियो ।

२०७४ साल भदौ ९ गते तत्कालीन शिक्षा मन्त्री कृष्णगोपालमान श्रेष्ठले जिल्लालाई साक्षर घोषणा गरेका थिए । तर साक्षर घोषणा गरिए पनि जिल्लामा अझै पनि ३३.२ प्रतिशत नागरिक निरक्षर रहेको तथ्यांकले देखाएको छ ।

जसमा उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा ५८.७ प्रतिशत निरक्षर रहेको छ । धार्चे गाउँपालिकामा ३६.४ प्रतिशत निरक्षर रहेको छ ।

आरुघाट गाउँपालिकामा ३०.६, गोरखा नगरपालिकामा १८.४, सिरानचोक गाउँपालिकामा २४.९, पालुङटर नगरपालिकामा २३.९ प्रतिशत निरक्षर रहेको छ । यसैगरी अजिरकोट गाउँपालिका २७.१, गण्डकी गाउँपालिका २६.७, शहिद लखन गाउँपालिकामामा २९.९, बारपाक सुलिकोट गाउँ पालिकामा २७.१ र भिमसेन थापा गाउँपालिकामा ३१.६ प्रतिशत मनिसहरु निरक्षर रहेको छ ।

सबैभन्दा धेरै चुमनुब्री गाउँपालिकामा ५८.७ प्रतिशत निरक्षर रहेको छ । कुल जनसंख्याको आधा हुन आउछ । यसैगरी सबैभन्दा कम गोरखा नगरपालिकामा सबैभन्दा कम निरक्षर रहेका छन् । उक्त नगरपालिकामा १८.४ प्रतिशत मात्र निरक्षर रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार