गोरखा । गोरखा नगरपालिकाका कार्यपालिका सदस्यलाई न्याय सम्पादन सम्बन्धि अभिमुखिकरण दिइएकाे छ । नगरपालिकाकाे आयाेजनामा कार्यपालिका सदस्यलाई न्याय सम्पादन सम्बन्धी दुईदिने अभिमुखिकरण तालिम दिइएकाे हाे ।
नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्षहरु, न्यायिक समितिका सदस्य, वडा सचिवहरु सहभागी कार्यक्रममा जिल्ला न्यायाधिश तेजेन्द्रप्रसाद शर्माले न्याय सम्पादनका बारेमा अभिमुखिकरण गराएका थिए ।

न्याय सम्पादन कसरी गर्ने, कस्ता कुरामा ध्यान दिने, कानुनी प्रावधान के छ, प्रक्रिया के हुन्छ ? कस्तो समस्याको कसरी समाधान खोज्ने ? भन्ने विषयमा न्यायाधिश शर्मा र जिल्ला न्यायधिवक्ता सुरेन्द्रराज काफ्लेले सहभागीलाई प्रशिक्षण दिएका थिए ।
नगरउपप्रमुख मसलीमाया थोकरको अध्यक्षतमा भएको कार्यक्रममा नगरप्रमुख कृष्णराना मगर लगायतले मन्तब्य राखेका थिए । उक्त कार्यक्रमको संचालन बिमला वाग्लेले गरेकी थिईन ।