• शुक्रबार, भाद्र १९ २०८३

वैदशिक रोजगारीबाट फर्किएका स्याङजाका पुरुषले गरे पोखरामा आत्मदाह


बुधबार, चैत्र २२ २०७९
920
Shares

काठमाडौँ । वैदशिक रोजगारीबाट फर्किएका स्याङजाका पुरुषले गरे पोखरामा आत्मदाह गरेका छन् । केहि समयअघि कतारबाट रोजगारी गरेर छुट्टीमा फर्किएका स्याङजा अर्जुनचौपारी गाउँपालिका १ घर भई पोखरा महानगरपालिका १७ निसावी नन्दप्रसाद अर्यालले मंगलबार दिउँसो पेट्रोल छर्किएर आत्मदाह गरेका हुन्।

अर्यालले आफ्नै घरको दोस्रो तलास्थितमा आत्मदाह गरेका हुन्।

पेट्रोल छर्किएर आगो लगाएपछि अर्यालले त्यहीँ ज्यान गुमाएको प्रहरीले उल्लेख गरेको छ। प्रहरीका अनुसार उनले घरको दोस्रो र तेस्रो तलाको गेट लगाएर आफूमाथि पेट्रोल खन्याएको खुलेको छ।

अचानक अर्यालको घरभित्र आगो देखिएपछि छिमेकीले प्रहरीलाई जानकारी दिएका थिए।

घरको तल्लो तला र दोस्रो तलाको च्यानल गेटमा ताला लगाएर उनले आफू सुत्ने कोठामा गई आत्मदाह गरेका हुन्। अर्यालका श्रीमती र सात वर्षकी छोरी छन्।

छिमेकीले खबर गरेपछि तत्काल पुगेको प्रहरीलाई ढोकाको चुकुल खोल्न समय लागेको थियो। प्रहरी अर्यालको घरमा छिर्दा परिवारका अन्य सदस्य कोही पनि थिएनन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार