• शनिबार, साउन ९ २०८३

एसईई दिन होस्टल बसेकी छात्रा आफ्नै शिक्षकबाट बलात्कृत


बुधबार, चैत्र २२ २०७९
920
Shares

काठमाडौँ । रक्षक नै भक्षक भने जस्तै एसईई दिन होस्टेल बसेकी दाङकी एक छात्रामाथि आफैँलाई रेखदेखमा बसेका शिक्षकले नै करणी गरेका छन् ।

दाङको शान्तिनगर गाउँपालिका ७ स्थित शिवशक्ति माध्यामिक विद्यालयको छात्रावासमा बसेर एसईई दिइरहेकी एक छात्रालाई सोही विद्यालयका शिक्षकले सोमबार साँझ करणी गरेका हुन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले सिभिलखबरलाई दिएको जानकारी अनुसार छात्राका आफन्तले सोमबार राती नै शिक्षकबाट करणी भएको भन्दै जाहेरी दिएका छन् ।

सोमबार राती ८ बजेतिर शिक्षक खुमानन्द पौडेलले करणी गरेको जाहेरीमा उल्लेख छ।

‘छात्रावासमा रहेका सबै विद्यार्थीहरु एकै ठाउँमा बसेर परीक्षाको तयारी गरिरहेका बेला शिक्षकले ति बालिकालाई काम छ भन्दै बोलाएर लगेको र छात्रावासकै तल्लो भ¥याङमुनि लगेर जबर्जस्ती करणी गरेको भन्ने जाहेरीमा उल्लेख छ’ डिएसपी मल्लले भने ।

हिजो बेलुका नै पिडित छात्रासँग बयान लिने काम भएको र उनलेसमेत शिक्षकले जबर्जस्ती करणी गरेको बताएकी थिइन् । पौडेल होस्टेलमा विद्यार्थीको हेरचाह गर्ने जिम्मा पाएका शिक्षक हुन् ।

करणीपछि हाल आरोपित पौडेल फरार रहेको र प्रहरीले उनको खोजी कार्य तिब्र बनाएको डिएसपी मल्लले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार