• शनिबार, भाद्र २० २०८३

स्वास्थ्य व्यवसायी परिषद्को रजिष्ट्रारमा लीलानाथ भण्डारी नियुक्त


बुधबार, चैत्र २२ २०७९
670
Shares

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिष्ट्रारमा लीलानाथ भण्डारी नियुक्त भएका छन्। गत १० चैतमा बसेको मन्त्रिपरिषद्को बैठकले भण्डारीलाई रजिष्ट्रार पदमा नियुक्त गर्ने निर्णय गरको हो।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै भण्डारीलाई परिषद्को निमित्त रजिष्ट्रारको कार्यभार दिएको थियो।

भण्डारी टेकुस्ति शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जनस्वास्थ्य निरीक्षकको रुपमा कार्यरत थिए।

परिषदमा यसअघि रजिष्ट्रार रहेका पुष्पराज खनालको तीन वर्षे कार्यकाल गत १३ फागुनमा सकिएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार