• सोमबार, साउन ११ २०८३

कोरोना सङ्क्रमण पुष्टि भए आइसोलेसनमा बस्नुहोस्: स्वास्थ्य मन्त्रालय


बुधबार, चैत्र २२ २०७९
880
Shares

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएमा तत्काल आइसोलेसनमा बस्न आग्रह गरेको छ ।

मन्त्रालयले मंगलबार सूचना जारी गर्दै कोरोना भाइरसको लक्षण देखिने बित्तिकै परीक्षण गराई सङ्क्रमण पुष्टि भएमा आइसोलेसनमा बस्न आग्रह गरेको हो । 

पानीमा भिजेको, चिसो खाएको र धुलोमा गएको भनेर बहाना नबनाउन आग्रह गर्दै मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको लक्षण देखिने बित्तिकै परीक्षण गरी पुष्टि भएमा आइसोलेसनमा बस्न आग्रह गरेको हो । 

पछिल्लो २४ घण्टामा देशभर ८० जनामा नयाँ कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १ हजार ११७ जनामा गरिएको परीक्षणमा ८० जनामा सङ्क्रमण पुष्टि भएको हो । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार