• शनिबार, साउन ९ २०८३

वैदेशिक रोजगारीका लागि साउनयता बाहिरिए साढे ५ लाख नेपाली


मंगलबार, चैत्र २१ २०७९
1.5K
Shares

काठमाडौँ । वैदेशिक रोजगारीका लागि साउनयता साढे ५ लाख नेपाली पलायन भएका छन् । चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म झण्डै साढे पाँच लाख नेपालीहरू रोजगारीका लागि बिदेसिएका हुन् ।

वैदेशिक रोजगार विभागले दिएको तथ्याङ्क अनुसार गएको साउनदेखि फागुनसम्म पाँच लाख ४० हजार ६८१ जना युवा रोजगारीका लागि बिदेसिएका हुन् । यो संख्या श्रम स्वीकृति लिएर विदेश गएकाको मात्रै हो ।

बिदेसिनेमा झण्डै चार लाख ९१ हजार ३२१ जना पुरुष रहेका छन् भने ४८ हजार ३५४ जना महिला रहेको विभागले जनाएको छ ।

साउन महिनामा संसारका विभिन्न ८७ देशमा ६३ हजार ३९ जना, भदौमा ८८ देशमा ७६ हजार ४०३ जना, असोजमा ८४ देशमा ६२ हजार ७०६ जना, कार्त्तिकमा ११५ देशमा ७८ हजार ३७० जना, मङ्सिरमा पनि ११५ देशमा ६८ हजार ५६४ जना, पुसमा १२० देशमा ६५ हजार ४६४ जना, माघमा १०६ देशमा ६४ हजार २८४ जना र फागुनमा ९० देशमा ६१ हजार ८४५ जनाले वैदेशिक रोजगारीमा जना श्रम स्वीकृति लिएका छन् ।

यो सङ्ख्या नयाँ र पुनः श्रम स्वीकृति लिनेको हो । कोरोना महामारी अघिसम्म वैदेशिक रोजगारीमा जानेको सङ्ख्या दैनिक सरदर एक हजार जना थियो । तर पछिल्लो समय यो सङ्ख्या दोब्बरले बढेको छ ।

खाडीका देशसँगै केहीवर्षयता युरोप लगायतका देशमा पनि रोजगारीका लागि जाने नेपालीको सङ्ख्या बढ्न थालेको विभागले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार