• सोमबार, साउन ११ २०८३

बालबालिकालाई वैशाख ६ र ७ गते भिटामिन तथा जुकाको औषधि खुवाइने


सोमबार, चैत्र २० २०७९
865
Shares

बालबालिकाहरुलाई भिटामिन तथा जुकाको औषधि खुवाइने भएको छ । सरकारले एक कार्यक्रममार्फत यही वैशाख ६ र ७ गते औषधि खुवाउने भएको हो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले ६ देखि ५९ महिनाका बालबालिकाहरुलाई भिटामिन ए क्यापसुल खुवाउन लागिएको बताए ।

त्यसैगरी १ देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई जुकाको औषधि आम वितरण अभियान पनि सञ्चालन गर्नेछ । औषधि खुवाउनका लागि अभिभावकहरुले नजिकको स्वास्थ्य संस्था तथा महिला स्वास्थ्य स्वंयसेविकाहरुसँग सम्पर्क गर्न सक्नेछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार