• सोमबार, साउन ११ २०८३

नेपाल स्वास्थ्यकर्मी युनियन लुम्बिनी प्रदेशको संयोजकमा अर्याल


सोमबार, चैत्र २० २०७९
1.3K
Shares

नेपाल स्वास्थ्यकर्मी युनियन लुम्बिनी प्रदेश संयोजकमा नारायणप्रसाद अर्याल सर्वसम्मत निर्वाचित भएका छन्। गुल्मीको तम्घासस्थित बालमन्दिरमा आयोजित स्वास्थ्यकर्मीहरूको भेलाले अर्यालको नेतृत्वमा कार्यसमिति चयन गरेको हो।

युनियनको उपाध्यक्षमा दिलबहादुर थापा, महिला उपाध्यक्षमा इन्दु घर्तीमगर, सचिवमा प्रमोद ज्ञवाली, सहसचिवमा सपना टन्डन, कोषाध्यक्षमा रेनुका पाण्डेय र सहकोषाध्यक्षमा ढुण्डीराज पन्थी निर्वाचित भएकाे निर्वाचन समिति संयोजक पशुपति आचार्यले जानकारी दिए। 

सदस्यहरूमा भगवती ज्ञवाली, मिलन खासु, मनीषा नेपाली, लक्ष्मी श्रेष्ठ, सुमन पन्थी, श्यामसुन्दर पोख्रेल, ठाकुर ज्ञवाली, पशुपति कँडेल, रोशन घर्ती, शेषराज खत्री, तोमबहादुर श्रीस, गोविन्दराज अर्याल र रमेशराज मरासिनी निर्वाचित भएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार