• शनिबार, साउन ९ २०८३

जनप्रतिनिधि र शिक्षक-कर्मचारीका छोराछारी सरकारी स्कुलमा पढाउन सूचना


आइतबार, चैत्र १९ २०७९
1.3K
Shares

जनप्रतिनिधि, शिक्षक र कर्मचारीका छोराछोरीलाई कक्षा ८ सम्म सरकारी विद्यालयमा पढाउन पाँचथरको मिक्लाजुङ गाउँपालिकाले सूचना जारी गरेको छ ।

मिक्लाजुङ गाउँपालिकाको शिक्षा ऐन, २०७९ को दफा (२२) मा विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीहरुका छोराछोरीहरुलाई अनिवार्य रुपमा आधारभूत तह (कक्षा ८) सम्म सामुदायिक विद्यालयमा पठनपाठन गराउनु पर्ने व्यवस्था गरेको पालिकाले २०८० को शैक्षिक सत्रबाट अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराउन सूचना जारी गरेको हो ।

सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि पालिकाले गाउँपालिकाभित्रका सबै निर्वाचित जनप्रतिनिधि, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा शिक्षिका, विद्यालयका कर्मचारी, सरकारी कार्यालयमा कार्यरत कर्मचारीले आफ्ना छोराछोरीहरु अनिवार्यरुपमा आधारभूत तहसम्म सामुदायिक विद्यालयमा पठनपाठन गराउनु पर्ने पालिकाले जनाएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार