राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्। पेटमा समस्या भएपछि राष्ट्रपति पौडेल उपचारका लागि शिक्षण अस्पताल पुगेका थिए।
उनलाई अस्पतालमा भर्ना गरी उपचार गरिएको अस्पतालले जनाएको छ।
उपचारमा संलग्न चिकित्सकका अनुसार राष्ट्रपति पौडेलको छाती मुनी पेट र बाँया कोखा दुख्ने समस्या छ। पौडेल शुक्रबार पनि अस्पताल पुगेका थिए। शुक्रबार उनको अल्ट्रासाउन्ड, एक्सरे र रगत जाँच गरिएको थियो।
