• शनिबार, साउन ९ २०८३

बोर्डिङका अध्यक्षलाई शिक्षा मन्त्रालयको तालाचाबी


शनिबार, चैत्र १८ २०७९
1.8K
Shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले अशोक राईलाई स्वार्थ बाँझिने गरि शिक्षामन्त्रीमा नियुक्त गरेका छन् ।

जनता समाजवादी पार्टीका बरिष्ठ नेता समेत रहेका राईले हिजो शुक्रबार मात्रै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीका रुपमा पदवहाली गरेका हुन् । शिक्षामन्त्री राई नीजि बोर्डिङ स्कुलका सञ्चालक रहेको खुलेको छ ।

प्रचण्ड नेतृत्वको सरकारले यसअघि समेत ठेकेदार विक्रम पाण्डेलाई सहरी विकास मन्त्री र मेनपावर सञ्चालक डिपी अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनाएर आलोचना खेपेको थियो । तर उनिहरु दुवै मन्त्री आवद्ध पार्टी हाल प्रचण्ड सरकारबाट बाहिरी सकेको छ ।

हिजो सपथ लिई कार्यभार सम्हालेका शिक्षा मन्त्री राईको काठमाडौकै नयाँ बानेश्वर नजिक शंखमुलमा नीजि स्कुल छ ।

उनी अध्यक्ष रहेको स्वप्न वाटिका फाउन्डेशनले स्वप्न वाटिका स्कूल सञ्चालन गरिरहेको छ। १२ कक्षासम्म पढाई हुने हुने स्वप्न वाटिका स्कुलको उनी दुई दशकदेखि अध्यक्ष छन् । विद्यालय स्रोतका अनुसार हाल समेत उनि सोही पदमा क्रियाशिल छन् ।

यसरी नीजि स्कुल सञ्चालकलाई नै सरकारी शिक्षाको तालाचाबी सुम्पदा स्वार्थ बाँझिने भन्दै राईको आलोचना सुरु भएको छ ।

राई सुनसरी-१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार