• शनिबार, भाद्र २० २०८३

बढ्न थाल्याे काेराेना, सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयकाे आग्रह


शनिबार, चैत्र १८ २०७९
720
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार, पछिल्लो तीन दिनमा ९१५ नमूना परीक्षण गर्दा ४२ जनामा संक्रमण देखिएको छ।

मन्त्रालयका अनुसार, ३०० जनाको आरटी पीसीआर गर्दा ४२ जना संक्रमित देखिएको थियो भने ६१५ जनाको एन्टिजेनबाट परीक्षण गर्दा पाँच जनामा संक्रमण देखिएको हो।

चैत १५ गते मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, पछिल्लो ६ दिनमा ३४ जनामा संक्रमण भेटिएको थियो। एक साताअघिसम्म दैनिक संक्रमितको सङ्ख्या दुई जनाको हाराहारीमा थियो। तर, पछिल्लो सात दिनमा दैनिक संक्रमित हुनेको सङ्ख्या १९० पुगेको मन्त्रालयले जनाएको छ।

त्यसअघि एक सातामा १५ जना मात्र संक्रमित भेटिएका थिए। संक्रमितको संख्या बढ्दै गएसँगै स्वास्थ्य मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार