• सोमबार, साउन ११ २०८३

४२० जना डाक्टरले दिएकाे परीक्षामा ११९ जना फेल


शनिबार, चैत्र १८ २०७९
1K
Shares

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको ४३ विधामा सञ्चालन गरेको विशेष परीक्षामा २९ प्रतिशत परीक्षार्थी अनुत्तीर्ण भएका छन्।

काउन्सिलले शुक्रबार ४३ विधामा सञ्चालन गरेको २५औं विशेष परीक्षामा ४२० जना परीक्षार्थीहरू सहभागी भएकोमा ११९ जना अनुत्तीर्ण भएको काउन्सिलका रजिष्ट्रार कृष्णप्रसाद अधिकारीले जानकारी दिए।

अधिकारीका अनुसार परीक्षामा ३०० जना अर्थात् ७१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्।

परीक्षामा सहभागीहरू मध्ये कसैबाट पनि अवान्छित कृयाकलाप नभएको उनले बताए।

यसअघि मंसिर ९ गते लिइएको विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ७४.१६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार