• शनिबार, साउन ९ २०८३

अब ७५३ वटै पालिकाबाट श्रम स्वीकृतिको आवेदन दिन सकिने


बिहिबार, चैत्र १६ २०७९
1.5K
Shares

काठमाडौँ । अब ७५३ वटै पालिकाबाट श्रम स्वीकृतिको आवेदन दिन सकिने भएको छ । आगामी वैशाख १ गतेदेखि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको आवेदन स्थानीय तहबाटै दिन सकिने भएको हो ।

श्रम स्वीकृति आवेदनमा विभिन्न समस्या देखिएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी वैशाख १ गतेदेखि ७५३ वटै स्थानीय पालिकाबाट आवेदन दिने व्यवस्था मिलाउने भएको हो ।

स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमार्फत आवेदन फारम भर्न सकिने मन्त्रालयका प्रवक्ता डण्डुरान घिमिरले जानकारी दिए ।

त्यसका लागि वैशाख अगावै रोजगार सेवा केन्द्रका कर्मचारीको क्षमता अभिवृद्धिको कार्य सञ्चालन गरिने प्रवक्ता घिमिरेले बताए ।

हेनुैहोस सूचना

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार