• शनिबार, साउन ९ २०८३

बुद्ध प्राविका विद्यार्थीलाई पोसाक वितरण


बुधबार, चैत्र १५ २०७९
1.2K
Shares

काठमाडौं प्रो फाउन्ड एजुकेशनल कन्सल्टेन्सीले तनहुँको सामुदायिक विद्यालयका विद्यार्थीलाई पोसाक वितरण गरेको छ ।

काठमाडौंको डिल्लीबजारमा रहेको कन्सल्टेन्सीले तनहुँको भानु नगरपालिका ६ पिप्लेमा अवस्थित बुद्ध प्राविमा अध्ययनरत ४० जना विद्यार्थीहरूलाई पोशाख वितरण गरेको हो ।

मंगलबार एक कार्यक्रमबाबीच कन्सल्टेन्सीका संचालकदोय देवेन्द्र बहादुर कार्की र मुना कार्कीले विद्यार्थीहरूलाई ट्रयाकसुट हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा बोल्दै सञ्चालक देवेन्द्र बहादुर कार्कीले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन सबैले सहयोग गर्नुपर्ने बताए । सामुदायिक विद्यालयमा आकर्षण नहुनु र गरिब परिवारका विद्यार्थीहरूले विद्यालय छोड्ने क्रम चलेकाले सामुदायिक विद्यालय रित्तिँदै जान थालेको बताए ।

उनले भने ‘केही वर्ष यता सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दो देखिन्छ । हुने खानेका छोराछोरी निजी विद्यालयमा पठाइरहेका छन् तर हुँदा खानेहरूका छोराछोरीहरू गरिबीका कारणले विद्यालय छोड्न बाध्य छन् । शिक्षा निःशुल्क गरे पनि विद्यालयमा आवश्यक पर्ने किताब कापी कलम पोसाक जुटाउन नसक्दा उनीहरू विद्यालयबाटै बाहिरिन थालेका छन् , यो समस्यालाई सबै मिलेर रोक्नुपर्छ जो सँग छ उसले जति सकिन्छ सहयोग गर्नुपर्छ’

कार्कीले आगामी दिनमा पनि सकेको सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत बहादुर कार्कीले सहयोग गरेकोमा कन्सल्टेन्सीलाई धन्यवाद दिए ।

कार्यक्रममा विद्यालयमा प्रअ जीवनचन्द्र खनालले शिक्षा क्षेत्रको सुधार गर्न विद्यालयमा आकर्षक गर्नुपर्ने बताए । अभिभावक र सहयोगी मनहरूको सहयोगले सामुदायिक विद्यालयको स्तर सुधार हुनेमा जोड दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार