• शनिबार, साउन ९ २०८३

जनप्रतिनिधी नै रोजगारी खोज्दै कोरिया उडेपछी…


बुधबार, चैत्र १५ २०७९
1.2K
Shares

काठमाडौँ । इलामको एक स्थानीय तहका जनप्रितिनिधी नै वैदेशिक रोजगारीका लागि विदेश पलायन भएका छन् ।

देउमाइ नगरपालिका वार्ड नं ५ बाट निर्वाचित भएका वडा सदस्य कैलाश श्रेष्ठ वैदेशिक रोजगारीका लागि कोरिया पलायन भएका हुन् । वडा सदस्य श्रेष्ठ कोरिया गएको वडाध्यक्ष तिलक बहादुर लिङ्देनले पुष्टि गरे ।

श्रेष्ठ गत वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित वडासदस्यमा निर्वाचित भएका थिए ।

चुनाव जितेपनि आर्थिक रुपमा संकट आइपर्ने देखेपछि उनि विदेशिएको पारिवारिक स्रोतले जनाएको छ ।

गत २०२२ को ईपीएस भाषा परिक्षा उत्तीर्ण गरेका उनि रोजगारीको खोजीमा कोरिया गएका हुन्। उनी रोजगारीको सिलसिलामा देश छाडेर कोरिया पुगेपछी उनको वडा सदस्यको पद रिक्त भएको छ।

नेपालमा सामाजिक काम गरेर मात्र गुजारा नचल्ने तथा आफ्नो आर्थिक अवस्था सुधार गर्न नसक्ने देखेर कोरिया भाषा पढेका उनले भाषा परिक्षा उतिर्ण गरेसंगै ईपिएस मार्फत कोरिया छिरेका छन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार