काठमाडौँ । केहिदनियता नेपालमा पुनः कोरोना भाइरसको संक्रमण देखिन थालेको छ । पछिल्लो दिनमा शंकास्पदलाई चेकजाँच गर्दा संक्रमणको दर बढ्दै गएको भन्दै स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले सूचना नै प्रकाशित गरेर हेलचक्राई नगर्न आग्रह गरेको हो ।
मन्त्रालयले सूचना जारी गर्दै अहिले कोरोना भाइरस संक्रमण र रुघाखोकीको लक्षण मिल्दाजुल्दा देखिएकाले संक्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको हो।
मन्त्रालयले ज्वरो आउने, खोकी लाग्ने, हाच्छिउँ आउने, नाकबाट सिँगान बग्ने, टाउको दुख्ने, घाँटी दुख्ने वा खसखस हुने, गन्ध थाहा नहुने, थकान महसुस हुनेजस्ता रुघाखोकीका लक्षण देखिए भने कोरोना भाइरसको परीक्षण गराउन आग्रह गरेको छ।
भारतको उत्तरप्रदेशमा कोरोना भाइरसको संक्रमण बढेसँगै नेपालमा पनि कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको छ। आज एक हजार चार सय २९ मा कोरोना परीक्षण गर्दा २४ जनामा पुष्टि भएको छ।
हिजो ९चैत १३ गते० एक हजार दुई सय ६६ मा गरिएको परीक्षणमा ६९ जनामा संक्रमण देखिएको थियो। यसअघि चैत १२ गते १६ जना र चैत ९ गते १७ जनामा सङ्क्रमण देखिएको थियो। अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ७८ पुगेको छ।
मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ।