काठमाडौँ । यस बर्षको एसईई परिक्षामा जापानबाट समेत परिक्षार्थी सहभागी हुने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष जापानबाट १४ परीक्षार्थीहरु एसईईमा सहभागी हुन लागेका हुन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीका छोराछोरीहरुले जापानबाटै परीक्षा दिन लागेका हुन् । जापान सरकारको अनुमति लिएर नेपाली पाठ्यक्रम पढाइरहेका विद्यालयका विद्यार्थीहरु एसईईमा सहभागी हुन लागेको परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिए ।
एसईई परीक्षाका लागि ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । यस वर्षको परीक्षामा ५ लाख १६ हनजार ५९१ परीक्षार्थी सहभागी हुन लागेका छन् ।