• शुक्रबार, साउन ८ २०८३

साउनयता वैदेशिक रोजगारीका क्रममा ८२० ले ज्यान गुमाए, परिवारलाई ३६ करोडबढी आर्थिक सहायता


मंगलबार, चैत्र १४ २०७९
2K
Shares

काठमाडौँ । वैदेशिक रोजगारीमा पुगेर ज्यान गुमाउने नेपालीको संख्या झन्–झन् बढ्दै गएको छ । चालु आर्थिक बर्षको सुरुवातदेखि हालसम्म वैदेशिक रोजगारीमा गएका ८ सयभन्दा बढी नेपाली श्रमिकले बिभिन्न देशमा ज्यान गुमाएका छन् ।

गत साउनदेखि आज चैत १४ गतेसम्मको तथ्यांक अनुसार वैदेशिक रोजगारीका क्रममा ८२० जनाले ज्यान गुमाएका हुन् । वैदेशिक रोजगारमा जानेको संख्या दिनप्रतिदिन बढ्दै जाँदा ज्यान गुमाउनेको संख्या समेत बढ्दै गएको वैदेशिक रोजगार बोर्डको तथ्यांकले देखाउछ ।

गत आर्थिक बर्ष २०७८/७९ मा १ हजार ४७९ जनाले ज्यान गुमाएका थिए । मृत्यु हुनेमा ४६ जना महिला र एक हजार ४३३ जना पुरुष रहेका थिए । यो तथ्यांक श्रम स्विकृती लिएर गएका कामदारको मात्रै हो ।

भिजिट भिसा लगायत बिभिन्न अवैद्याधिक बाटो प्रयोग गरेर गई ज्यान गुमाएकाको तथ्यांक भने यसमा समावेश छैन । त्यस्तै मृत्यु हुनेको संख्या आर्थिक वर्ष २०७७/७८ मा एक हजार २४२ जना थियो । यो तथ्यांलाई हेर्दा हरेक बर्ष विदेशी भूमीमा नेपाली श्रमिकको ज्यान जाने संख्यामा वृद्धि हुदैछ ।

२०७६/७७ मा औसतमा दैनिक ३ जना श्रमिकको विदेशमा मृत्यु हुने गरेकोमा गत वर्ष बढेर औसत ४ जनामा पुगेको तथ्यांकमा देखिन्छ । चालु आर्थिक बर्षको आजसम्मको तथ्यांकलाई हेर्दा समेत दैनिक ३ जनाभन्दा बढीले ज्यान गुमाइरहेको देखिन्छ ।

साउदीमा गुमाउँछन् सबैभन्दा बढी नेपालीले ज्यान

वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार नेपाली श्रमिकले सबैभन्दा बढी साउदी अरेबियामा ज्यान गुमाउँछन् । पछिल्लो साउनयता आज चैत १४ गतेसम्म ८२० जनाले ज्यान गुमाउदा साउदी अरेबियामा मात्रै २३७ जना श्रमिकको मृत्यु भएको छ ।

श्रमिकले कामका बेला सावधानी नअपनाउने, काम दिने कम्पनीले श्रमिकको सुरक्षामा चासो नदिने लगायतका कारण साउदीमा मृतकको संख्या धेरै भएको हुन सक्ने बोर्ड बताउछ् । यो तथ्यांक श्रम स्विकती लिएर गई मृत्यु भएका र पछि मृतकका परिवारले बोर्डमा आर्थिक सहायताका लागि निवेदन दिएकाको तथ्यांक मात्रै हो ।

त्यस्तै साउनयता मलेलिसयामा १८० जनाले ज्यान गुमाएका छन् । त्यस्तै कतारमा १५४, दुवईमा १३३, कुवेतमा ४५, कोरियामा १४, बहराइनमा १३, जापानमा ६, रोमानियामा ५ जनाले ज्यान गुमाएको बोर्डले जनाएको छ । श्रम स्वीकृती लिनुपर्ने अन्य देशमा भने मृत्यु हुनेको संख्या थोरै रहेको बताइएको छ ।

कोशी प्रदेशका मृतक बढी

वैदेशिक रोजगारीमा रहेर बिभिन्न देशमा ज्यान गुमाउने कोशी प्रदेशका कामदार बढी र सबैभन्दा कम कर्णाली प्रदेशका रहेको तथ्यांकले देखाएको छ ।

बोर्डको तथ्यांक अनुसार साउनयता मात्रै कोशी प्रदेश अन्र्तगत बिभिन्न जिल्लाबाट खाडी, मलेसिया लगायतका देशमा पुगेका २०५ जनाले ज्यान गुमाएका छन् । श्रम स्वीकृती लिएर रोजगारीमा रहेका उनिहरुका परिवारले बोर्डमा आर्थिक सहायताका लागि निवेदन दिएको बताइएको छ ।

त्यस्तै दोस्रोमा मधेश प्रदेशका कामदार छन् । साढे आठ महिनामा मधेशका १७२ जनाले ज्यान गुमाएका छन् भने लुम्बिनीका १५३, गण्डकीका १०९, वाग्मतीका ८७ जनाको बिभिन्न देशमा मृत्यु भएको छ ।

त्यस्तै सुदुरपश्चिम प्रदेशका ५४ र सबैभन्दा कम कर्णालीका ४० जनाले वैदेशिक रोजगारीका क्रममा ज्इान गुमाएको बोर्डले जनाएको छ ।

३६ करोडबढी आर्थिक सहायताका लागि निवेदन

वैदेशिक रोजगारीमा रहदा मृत्यु भएका ८२० जनाको परिवारले बोर्डमा आर्थिक सहायताका लागि निवेदन दिएका छन् । बोर्डका अनुसार मृत्यु भएकाको परिवारले ३६ करोड २३ लाख रुपैया आर्थिक सहायता पाउने भएका छन् ।

जसमा ५१० परिवारले पूर्ण सहायता रकम प्राप्त गर्ने र ३१० परिवारलाई आंिशक रकम प्रदान गरिनेछ ।

५१० जना मृतक करार अवधी अर्थात हद म्याद नकटेका रहेकाले उनिहरुको परिवारलाई ७ लाख रुपैयाका दरले आर्थिक सहायता प्रदान गरिनेछ । त्यस्तै ३१० जना मृतक भने हद म्याद कटेका कामदार रहेको र उनिहरुका परिवारलाई २५ हजारका दरले रकम उपलब्ध गराइने बोर्डले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार