कोरोना भाइरस संक्रमित गुल्मीको मदाने गाउँपालिका–६ का ४१ वर्षिय पुरुषकाे बिहीबार बिहान मृत्यु भएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ स्थित क्रिमसन अस्पतालमा उनको उपचारको क्रममा निधन भएको प्रदेश सामाजिक विकास मन्त्रालयले जानकारी दिएको हो ।
भेन्टिलेटरमा उपचार भइरहेको उनको अवस्था गम्भीर थियो । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदरर्शन बरालले विज्ञप्ति जारी उनको मृत्यु भएको पुष्टि गरेका छन् । यससंगै काेराेनाबाट मृत्यु हुनेकाे संख्या नेपालमा ३ पुगेकाे छ ।
हेर्नुस विज्ञप्ती
