काठमाडौँ । सुशासन तथा भ्रष्टाचार निवारण कार्यक्रमलाई विद्यालय तहसम्मकै पाठ्यक्रममा समावेश गर्न माग गरिएको छ ।
त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्ने अधिकांश वक्ताले सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन कार्यक्रमलाई व्यापक र प्रभावकारी बनाउन विद्यालय तहसम्मकै पाठ्यक्रममा समावेश गर्नुपर्ने बताएका हुन् ।
सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन स्नातकोत्तर अन्तरगत पहिलो बर्षका विद्यार्थीहरुको स्वागतका लागि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मानविकी तथा समाज शास्त्र संकायका डीन प्रा डा कुशुम शाक्यले संसारभर नै सुशासनको महत्व बढ्दै गएको र यसले समग्र बिकासमा सहायोग पुर्याउने र सामाजिक रुपान्तरणमा समेत टेवा पुग्ने भएकाले आगामी दिनमा विद्यालयस्तरसम्मकै पाठ्यक्रममा यो कार्यक्रमलाई लागू गर्नुपर्ने तर्क गरे ।
त्यसैगरि त्रिभुवन विश्वविद्यालय सुशाशन तथा भ्रस्टाचार निवारण अध्ययन केन्द्रका प्रमुख समेत रहेका केन्द्रिय अर्थसास्त्र बिभागका सहप्राध्यापक डा रमेश पौडेलले असल समाज निर्माणमा यो कार्यक्रम महत्वपूर्ण बन्ने विश्वास ब्यक्त गरेका छन् ।
त्यस्तै मानविकी तथा समाज शास्त्र संकायका सहायक डीन प्रा डा तारा प्रसाद भुसालले अबको शिक्षा प्रणाली सैद्धान्तिकसंगै व्यवहारिक समेत हुनुपर्ने बताए । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका बिभिन्न संकायका प्रमुख प्राधापक तथा विधार्थीहरुको सहभागिता रहेको थियो ।