गोरखा । गोरखा जिल्ला अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय पोखराले आइतबार छापा मारेको छ ।
अख्तियारमा अस्पतालको विषयमा उजुरी परेपछि छानविनका लागि टोली आएको आयोगको क्षेत्रिय कार्यालय पोखराका सूचना अधिकारी जीवन चन्द्र राइले बताए ।
अख्तियारले केही कागजात अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । अस्पतालले खरिद गरेको औषधी, मिति नाघेका औषधी र उपचार सेवाको विषयमा अख्तियारले चासो राखेको थियो ।
केहि दिन अघि जिल्ला प्रशासन कार्यालय गोरखाले पनि गोरखा अस्पतालमा अनुगमन गरेको थियो ।