काठमाडौँ । आउँदो बुधबार गण्डकी प्रदेशमा सार्वजनिक विदा हुने भएको छ । प्रदेश राजपत्रमा उल्लेख भएबमोजिम चैत १५ गते बुधबार चैते दशैका अवसरमा प्रदेशका ११ जिल्लामा सार्वजनिक विदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव चण्डिका पौडेलले जानकारी दिए ।
सो दिन प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक संघसंस्थाहरु विदा बन्द रहने उनले बताए ।
