• शनिबार, साउन ९ २०८३

वैदेशिक रोजगारीका क्रममा ६ महिनामा ६ सय बढी श्रमिकले ज्यान गुमाए


आइतबार, चैत्र १२ २०७९
1.3K
Shares

काठमाडौँ । वैदेशिक रोजगारीका क्रममा छ महिनामा ६ सय बढी श्रमिकले ज्यान गुमाएका छन् । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार चालू आर्थिक वर्षको साउनयता छ महिनामा वैदेशिक रोजगारीको क्रममा ६१२ नेपालीले ज्यान गुमाएका हुन् ।

यो वैदेशिक रोजगार बोर्डमा प्राप्त भएको तथ्याङ्क मात्रै हो । यो छ महिनामा सबैभन्दा धेरै साउदी अरबमा रोजगारीका लागि गएका नेपालीले ज्यान गुमाएका छन् ।

साउदी अरबमा मात्रै ज्यान गुमाउनेको सङ्ख्या १८५ रहेको छ । साउदी अरबपछि सबभन्दा धेरै रोजगारीका लागि मलेसिया पुगेका नेपालीले ज्यान गुमाएका छन् ।

छ महिनाको अवधिमा मलेसियामा १२३ जना नेपालीको ज्यान गएको छ । मलेसियापछि कतारमा ११७ जनाले ज्यान गुमाएको बोर्डले जनाएको छ ।

यस्तै खाडीको अर्को देश यूएईमा यही अवधिमा १०४ जनाले ज्यान गुमाएका छन् भने कुवेतमा ३० जना, बहराइनमा १२ जना, जोर्डन र ट्रर्कीमा दुईरदुई जना, सेसल्समा एक जना, रोमानियामा चार जनाको, दक्षिण कोरियामा ११ जनाले ज्यान गएका छन् ।

११४ जना अङ्गभङ्ग

बोर्डका अनुसार चालू आर्थिक वर्षको छ महिनामा वैदेशिक रोजगारीका लागि गएका ११४ जना अङ्गभङ्ग भएर स्वदेश फर्किएका छन् ।

साउदी अरेबियाबाट मात्रै ३८ जना अङ्गभङ्ग भएर फर्किएका छन् भने संयुक्त अरब इमिरेटस ९यूएई०बाट २४ जना, कतारबाट २२ जना, मलेसियाबाट १६ जना र कुवेतबाट पाँच जना अङ्गभङ्ग भएर फर्किएका छन् ।

यस्तै रोमानिया र दक्षिण कोरियाबाट दुईरदुई जना, पपुआ न्युगिनी, माल्टा, जापान, इजरायल र क्रोएसियाबाट एक÷एक जना अङ्गभङ्ग भएर फर्किएको बोर्डको सचिवालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार