• शुक्रबार, साउन ८ २०८३

राष्ट्रपति पौडेल गोरखामा, गोरखनाथ मन्दिरमा पूजा र पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम


आइतबार, चैत्र १२ २०७९
1.7K
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा गएका छन् । राष्ट्रपति बनेपछि उनी पहिलो पटक काठमाडौं बाहिर गएका हुन् ।

उनी बिहान ९ः३० बजे नेपाली सेनाको हेलिकोप्ट मार्फत गोरखा गएका हुन् । राष्ट्रपति पौडेलले गोरखा दरबार क्षेत्रभित्र रहेको गोरखकालीको मन्दिरमा पूजा गर्ने र बजार क्षेत्रमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ ।

उनको आगमनलाई लक्षित गरी जिल्लाको सुरक्षा व्यवस्था चुस्त बनाइएको छ । सर्वसाधारण प्रभावित नहुने गरी यातायात तथा सुरक्षा प्रबन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए ।

प्रजिअ भुसालका अनुसार राष्ट्रपति पौडेल आउ-जाउ गर्ने सडकको यातायात होस् या मन्दिरमा दर्शन गर्ने बेलामा होस् सर्वसाधारणलाई असर नपुग्ने गरी आवश्यक प्रबन्ध मिलाइएको छ ।

राष्ट्रपति पौडेलसंगै उनकी पत्नी र गोरखा क्षेत्र नम्बर १ का संघिय साँसद राजेन्द्र बजगाई पनि गएको बताइएको छ ।

तस्बिरहरु : सुदिप श्रेष्ठ / सिभिलखबर

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार