• शनिबार, साउन ९ २०८३

नेपालको साक्षरता दर ७६ प्रतिशत नाघ्याे, पुरुषकाे दाँजाेमा महिला कम साक्षर


शुक्रबार, चैत्र १० २०७९
2.4K
Shares

काठमाडौं। नेपालको साक्षरता दर ७६ प्रतिशत पुगेको छ । केन्द्रीय तथ्यांक कार्यालयले आज सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को विस्तृत प्रतिवेदनअनुसार ५ वर्ष वा सोभन्दा बढी उमेरका कूल जनसंख्याको साक्षरता दर ७६.३ प्रतिशत रहेको छ ।

जसमा पुरुषको साक्षरता दर ८३.६ प्रतिशत पुग्दा महिलाको ६९.४ प्रतिशत मात्रै छ । साक्षरता दर पुरुषको भन्दा १४.२ प्रतिशत कम महिलाको छ ।

२०६८ को जनगणनाअनुसार कूल साक्षरता दर ६५.९ प्रतिशत थियो । पुरुषको ७५.१ र महिलाको साक्षरता दर ५७.४ प्रतिशत थियो ।

जनगणना २०७८ नुसार कुल साक्षर जनसंख्याको सबैभन्दा बढी २८.७ प्रतिशत व्यक्तिहरुले प्राथमिक तह (कक्षा १ देखि ५ सम्म) मात्र उत्तीर्ण गरेका छन् । निम्न माध्यामिक तह (कक्षा ६ देखि ८ सम्म) मात्र उत्तीर्ण गरेका व्यक्तिहरु १९.९ प्रतिशत रहेका छन् । एस.एल.सी. वा सो सरह मात्र उत्तीर्ण गर्ने व्यक्तिहरु ९.५ प्रतिशत देखिन्छन् ।

यसैगरी एस.एल.सी. भन्दा माथिल्लो तह उत्तीर्ण गर्नेहरु १९.५ प्रतिशत रहेका छन् । यस्तै १.८ प्रतिशत व्यक्तिहरुले अनौपचारिक शिक्षा अध्ययन गरेको देखिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार