किरणराज पाण्डेय
बथानबाट छुट्टिएका ढुकुरका एक जोडी सॉझपख मायाप्रेम साच्न किम्मुको रुखमा बसे । रुख मुन्तिर दिनभर शिकार ढुकेर बसेको शिकारीले ढुकुरका जोडी रुखको हांगामा बसेको चाल पाई हाल्यो ।
शिकारीले बिरालोको चालमा बन्दुकमा छररा भरयो अनि ढुकुर तिर बन्दुक सझयायो र ठयाक्कै फरक नपर्ने गरि भाले ढुकुरको छातिमा निशाना दाग्यो । क्षणभरमै भाले ढुकेर भुईमा फयाटट बजारियो र अन्तिम श्वास फेर्याे ।
माउ ढुकुरले के भयो केही ठम्याउन सकिन र हत्त न पत्त आफना बचेरा संम्क्षेर गुढ तिर दौडिई । रातभर आफना बचेरा मार्न शिकारी गुडतिर आउला कि भनेर आफना बचेराहरुलाई पखेटा मुनी ओतेर बरबर आशु मात्र झारीरही ।
बिहान बचेराहरु भोकले चिच्याउन थाले अनि दौडीहाली आहारा खोज्न ।
बिचारी माउ ढुकुर भाले ढुुकुर मरेको पिडामा खुलेर रुन पनि पाईन ।।।