• शनिबार, साउन ९ २०८३

वैदेशिक रोजगारीमा रहेका श्रमिकको स्वास्थ्य समस्या समाधान गर्न ‘टेलिमेडिसिन’ सेवा सुरु गर्दै बोर्ड


बिहिबार, चैत्र ९ २०७९
2.1K
Shares

काठमाण्डौ । वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि सरकारले ‘टेलिमेडिसिन’ सेवा प्रदान गर्ने भएको छ ।

आउँदो शुक्रबारदेखि प्रत्येक हप्ताको शुक्रबार र आइतबार गरी दुई दिन श्रमिकका लागि ‘टेलिमेडिसिन’ सेवा प्रदान गर्ने वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

बोर्डका अनुसार यो सेवा प्रदान गर्नका लागि वैदेशिक रोजगार बोर्ड र वीर अस्पतालबीच सम्झौता भएको छ । 

वैदेशिक रोजगारीमा रहेका श्रमिकमा बढ्दो विभिन्न स्वास्थ्य समस्यासँगै मानसिक स्वास्थ्य समस्यालाई समेत सम्बोधन गर्न गन्तव्य देशमा रहेका नेपाली श्रमिकका लागि नेपालबाटै पहिलो पटक ‘टेलिमेडिसिन’ सेवा सञ्चालन गर्न लागिएको बोर्ड सूचना अधिकारी राजन पौडेलले जानकारी दिए । 

हप्ताको दुई दिन सञ्चालन हुने ‘टेलिमेडिसिन’ सेवामा कम्तीमा पनि जनरल फिजिसियन, मनोसामाजिक परामर्शकर्ता वा मनोचिकित्सकहरू हुनेछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार