• सोमबार, साउन ११ २०८३

सिभिल अस्पतालको पदपूर्तिसम्बन्धी विज्ञापन सच्याउन नेपाल दृष्टि विशेषज्ञ संघको माग


मंगलबार, चैत्र ७ २०७९
895
Shares

निजामति कर्मचारी अस्पतालको लागि आह्वान गरिएको विज्ञापन सच्याउन नेपाल दृष्टि विशेषज्ञ संघले माग गरेको छ।

लोक सेवा आयोगलाई पत्र लेख्लै संघले नेपाल स्वास्थ्य ऐन, २०५३ र नियमावली, २०५५ अनुसार कुनै पनि विधामा स्नातकोपाधि प्राप्त उम्मेदवारको अधिकृत तहको न्युनतम ७ औं तह हुने र स्नाकोत्तर पश्चात ९ औं तह हुने व्यवस्थालाई लत्याउँदै सो विज्ञापनबाट अप्ट्रोमेट्री तथा अन्य विधालाई छैठौं तहमा घटुवा गरिएको भन्दै उक्त विज्ञापन सच्याउन माग गरेको छ।

स्वास्थ्य सेवामा विभिन्न विधाका कर्मचारी हुने र कुनै एक विधाका स्वास्थ्यकर्मी बिना स्वास्थ्य सेवा अपूर्ण हुने हुँदा पनि तल्लो तहको कर्मचारी झैं देखाई बढुवाको उचित मौका नदिने सो प्रावधान गलत भएको संघले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार