नयाँ नक्साबारे नेपालको निर्णयलाई एकतर्फी कार्य भन्दै भारतले सो भौगोलिक दाबीलाई अस्वीकार गरेकाे छ ।
लिम्पियाधुरालाई आफ्नो नक्सामा समावेश गर्ने नेपालको निर्णयको भारतले विरोध गरेको हाे।
बुधबार साँझ भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालले सार्वजनिक गरेको नयाँ नक्सा भारतलाई मान्य नहुने बताएका छन्।
नेपालले बुधबार दिउँसो लिम्पियाधुरा समावेश गरेको नक्सा सार्वजनिक गरेको थियो।
नेपालले नयाँ नक्सामा समावेश गरेका भूभाग ऐतिहासिक तथ्य र प्रमाणसँग मेल नखाने भारतको दाबी छ।