• सोमबार, साउन ११ २०८३

नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघको महाधिवेशन चितवनमा शुरु


शनिबार, चैत्र ४ २०७९
895
Shares

चितवन । नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (एनयमएसआरए) नेपालको २८ औं राष्ट्रिय महाधिवेशन आज शुक्रबारदेखि क्षेत्रपुरको दियालो फुडल्याण्डमा शुरु भएको छ । महाअधिवेशनको बागमती प्रदेशका कृषि तथा पशुपछी विकास मन्त्री केशवप्रसाद पोखरेलले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले औषधि तथा बिक्री प्रतिनिधि (एमआर) हरुको राज्यमा योगदान रहेको बताउँदै राज्य साथी बन्नुपर्ने बतए । उनले श्रमका हिसाबले मात्रै नभएर सेवाका हिसाबले पनि एमआरहरुले काम गरिररहेको बताए ।

राज्यले कुनै पनि कानुन निर्माण गर्दा सरोकारवालाहरुसँग छलफल गरेर ल्याउनु पर्ने भन्दै श्रमऐन श्रमिकमैत्री हुनुपर्नेमा उनको जोड थियो । देश विस्तारै आर्थिक संकटमा जाँदै गरेको बताउँदै उनले आआफ्नो ठाउँबाट सबैले इमान्दारितापूर्वक काम गर्नुपर्ने बताए ।

निजामती कर्मचारीको साझा ट्रेड युनियन नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष भोलानाथ पोखरेलले नेपालको राज्य सुन्ने तर कुरा नबुझ्ने रहेको बताए । उनले राज्यले तोकेको न्यूनतम ज्याला पनि औषधि उद्योगले कामदारहरुलाई नदिएको चर्चा गर्दै भने “कामदारलाई आठ घण्टाभन्दा बढी काममा लगाउन पाईदैन । एमआरहरु बिहान ७ बजेदेखि राती ९ बजेसम्म काम खट्नु भएको छ ।”

ट्रेडयुनियन शिक्षाको अभाव भएको भन्दै उहाँले नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघले ट्रेड युनियन शिक्षा दिनुपर्ने बताए ।

नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा. अनिलबिक्रम कार्कीले औषधि उत्पादनदेखि वितरक, एमआर, चिकित्सक सबैले एक अर्काको सहअस्तित्व स्वीकार्नुपर्ने बताए । एमआरहरु सुरक्षित हुँदा चिकित्सकहरु पनि सुरक्षित रहने बताउँदै उनले भने “हिजोका एमआरहरु आज उत्पादन भएका छन् । उनीहरुले समस्या बुझ्नु पर्छ ।”

लोकतन्त्रमा औउनले भने “मतदानद्वारा जनप्रतिनिधि छान्न पाउने, अन्य सबै कुरा छान्ने अधिकार रहने स्वास्थ्यमा किन विभेद ?”

सरकारी अस्पतालहरुमा तोकिएकोभन्दा कम मूल्यमा औषधि बिक्री हुँदै आएको भन्दै डा.कार्कीले प्रश्न गरे “बढी मूल्यमा बिक्री गर्नेलाई कारवाही गर्ने सरकारले कम मूल्यमा बिक्री गर्दा किन कारवाही गर्दैन ?” निजी स्वास्थ्य संस्थालाई गाली गरेर सरकारी स्वास्थ्य संस्था राम्रो नहुने भन्दै अध्यक्ष डा.कार्कीले भने “राज्यको यस्तै नीति रह्यो भने भोलि मैले खाने औषधि र चिकित्सक खोज्न भारत र चीन जानुपर्ने अवस्था आउन सक्छ ।”

कार्यक्रममा एनसिडिए चितवनका अध्यक्ष विनोद तिमिल्सिना, नेपाल चिकित्सक संघ चितवनका अध्यक्ष डा. लोकबहादुर सेढाई, पिईएएनका नेत्रराज पौडेलल, एनएआईएनका अध्यक्ष अन्जन बुढासैनि, शिव बास्कोटलगायतले शुभकामना दिएका थिए ।

संघका अध्यक्ष अनिल दाहालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत बरिष्ठ उपाध्यक्ष ध्रुवराज कोईरालाले गरेका थिए ।

सो अवसरमा संघमा रहेर विभिन्न योगदान पु¥याउने महानुभावहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा. अनिलबिक्रम कार्की, पूर्व अध्यक्ष किरण केसी र ध्रुव कोईराला, गुड्डुकुमार झा, प्रभात शर्मा, भूपेन्द्रजंग शाहीलगायत छन् ।

भोलिसम्म सञ्चालन हुने महाधिवेशनमा देशभरका १४ ईकाईबाट ५०० प्रतिनिधि सहभागी हुनु भएको छ । महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ । अध्यक्ष एक, बरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष दुई, महासचिव एक, सचिव ३, कोषाध्यक्ष एक, सहकोषाध्यक्ष एक र १४ ईकाईबाट एक एक जना सदस्य रहने व्यवस्था रहेको छ । दुई जना सदस्य भने समितिले मनोनयन गर्ने छ । समितिको कार्यकाल तीन वर्षको रहेको छ ।

महाधिवेशन तयारी समितिका संयोजक एवं नारायणगढ इकाई अध्यक्ष धर्मदत्त दवाडीका अनुसार महाधिवेशनको बन्द सत्रमा प्रगति र आर्थिक प्रतिवेदन पारित गरिनुका साथै भावी कार्यक्रमबारे छलफल गरिने छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार