• शनिबार, साउन ९ २०८३

बीडीएस शैक्षिक कार्यक्रम अन्तर्गत प्रवेश परिक्षाको नतिजा आयो, कोटा ५६०, उत्तिर्णको संख्या १९०३


शुक्रबार, चैत्र ३ २०७९
1.3K
Shares

काठमाडौं। चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तह बीडीएस शैक्षिक कार्यक्रमको नतिजा प्रकाशन गरेको छ । आयोगले हिजो बिहिबार सो नतिजा सार्वजानिक गरेको हो ।

जसमा आयोगले शिक्षण संस्थाहरुलाई छुट्याएको कोटाभन्दा अत्याधिक धेरै परिक्षार्थी प्रवेश परिक्षामा उत्तिर्ण भएका छन् ।

गत फागुन २५ गते आयोगले लिएको (एमईसीईई–बीएल २०२३) अन्तर्गतको बीडीएस शैक्षिक कार्यक्रममा आयोगले जम्मा ५ सय ६० सिट छुट्याएको थियो । तर नतिजामा भने २ हजार ४ सय ६३ जना उत्तीर्ण भएका छन् ।

यो संख्या छुट्याइएको सिट भन्दा १ हजार ९ सय ३ ले बढी हो । आयोगको नतिजा अनुसार दुई हजार ४६३ जना परीक्षार्थी बीडीएस अध्ययनका लागि योग्य भएका छन् ।

बीडीएस शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएका विभिन्न १४ शिक्षण संस्थालाई आयोगले जम्मा ५६० सिट छुट्याएको थियो ।

रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोस

https://entrance.mec.gov.np/Download?fileName=UG2023BDS_Final_Result.pdf

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार