• शनिबार, साउन ९ २०८३

स्ववियु निर्वाचनको मौन अवधि सुरु

शुक्रबार, चैत्र ३ २०७९
1.4K
Shares

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा रातिदेखि १२ बजेदेखि मौन अवधि सुरु भएको छ। स्ववियु निर्वाचन आचारसंहिताअनुसार गए राति १२ बजेदेखि मौन अवधि सुरु भएको हो। 

निर्वाचन हुनुभन्दा ४८ घण्टा अगाडि प्रचार–प्रसार बन्द गरिने प्रावधान रहे अनुरूप उक्त निर्देशन जारी गरिएको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए।

स्ववियु निर्वाचन आचारसंहितामा प्रचार–प्रसार गर्न रङ रोगन र कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाइने तथा निर्वाचनसम्बन्धी कुनै पनि तुल, फ्लेक्स र कुनै प्रकारको पोस्टर टाँस्न नपाइने उल्लेख गरिएको छ । 

स्ववियु निर्वाचन आचारसंहितामा प्रचार–प्रसार गर्न रङ रोगन र कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाइने तथा निर्वाचनसम्बन्धी कुनै पनि तुल, फ्लेक्स र कुनै प्रकारको पोस्टर टाँस्न नपाइने उल्लेख गरिएको छ । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार