• शनिबार, साउन ९ २०८३

राहदानी सम्बन्धी सेवा दिन विभागको टोली पोर्चुगल जाने


शुक्रबार, चैत्र ३ २०७९
1.8K
Shares

काठमाण्डौ । विद्युतीय राहदानीको लागि तथ्याङ्क सङ्कलनका गर्न राहदानी विभागको टोली पोर्चुगलको लिस्वन जाने भएको छ ।

विभागको टोलीले यही चैत १५ गतेदेखि त्यहाँ रहेको अवैतनिक नेपाली महावाणिज्य दूतावासको समन्वयमा विद्युतीय राहदानीको बायोमेट्रिक डाटा सङ्कलन गर्ने फ्रान्समा रहेको नेपाली दूतावासले जनाएको छ ।

पोर्चुगलको लिस्वनमा दूतावासको प्रतिनिधिसहित राहदानी विभागको टोली त्यहाँ रहेको नेपालीका लागि राहदानी सम्बन्धी सेवा प्रदान गर्ने छन् ।

राहदानी नष्ट भएको र पोर्चुगलमा जन्मिएका नाबालिकहरुको लागि अप्रिल २४ र २५ मा टोलीले सेवा दिने छ भने अपोइन्टमेन्ट पाइसकेका तर राहदानीको म्याद सकिएका। राहदानी क्षति भएकाहरूका लागि मार्च २९, ३०, ३१ र अप्रिल २ मा टोलीले सेवा दिने दूतावासले जनाएको छ । 

यस्तै राहदानी हराएका व्यक्तिहरूको लागि अप्रिल ३, ७, ९, १४, १६ र १८ मा र राहदानीको म्याद सकिएकाहरुलाई अप्रिल २० २१ रु २३ मा सेवा प्रदान हुनेछ ।

पोर्चुगलमा बस्ने नेपालीहरूले मड्रिड, ब्रसेल्स, बर्लिन र कोपेनहेगनस्थित नेपाली दूतावासबाट पनि राहदानी लिन सक्ने छन् । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार