• शनिबार, साउन ९ २०८३

महिला कर्मचारीलाई काखमा राखेर चुम्बन गर्ने कृषि विश्वविद्यालयका डिन निलम्बित


बिहिबार, चैत्र २ २०७९
1K
Shares

काठमाडौँ । महिला कर्मचारीमाथि आफ्नै कर्याकक्षमा दुव्र्यवहार गर्ने चितवनमास्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयका डिन प्रा जयप्रकाश दत्तलाई निलम्बित भएका छन् ।

विश्वविद्यालयका कृषि संकायका डिन दत्तले जुम मिटिङ, चलिरहेका बेला आफ्नै कार्यकक्षको कुर्सीमा बरिरहेका बेला महिला कर्मचारीलाई तानेर काखमा लिँदै चुम्बन गरेको भिडियो सार्वजनिक भएको थियो।

विश्वविद्यालयका उपकुलपति पुण्य रेग्मीले दत्तलाई निलम्बन गरिएको जानकारी दिए । रेग्मीले सामाजिक सञ्जालमा देखिएको विषयवस्तु सम्वेदनशील देखिएको हुँदा सत्यतथ्य छानबिनका लागि समिति पनि गठन गरिएको बताए ।

उनले छानविन समितिको प्रतिवेदन प्राप्त भइ निर्णय नभएसम्मका लागि निलम्बन गरिएको जानकारी दिए ।

कृषि संकायका ६३ जनाभन्दा बढी सहभागी भएको बैठकमा डिन दत्तले महिलामाथि दुव्र्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल नै भएको छ । जुम मिटिङमा उनले अडियो म्यूट गरे पनि भिडियो भने अन राखिएकाले सबै गतिविधि खुला रुपमा देखिन्थ्यो । दत्त कृषि संकायको दोस्रो कार्यकालका लागि २०७७ कात्तिकमा डिन नियुक्त भएका थिए।

उनले अश्लिल हर्कत गरिरहेका बेला सोही संकायका सहप्राध्यापक सन्तोष मरहठ्ठाले आफ्नो प्रस्तुति दिइरहेका थिए । दत्त भने आफनै सुरमा मस्त भएको भिडियोमा देखिन्छ । जुम मिटिङ उनी आफैँले राखेका थिए ।

उक्त घटना बाहिरिएपछि आफ्नै कार्यकक्षमा पदीय मर्यादा भुलेर कार्यालयकै कर्मचारी महिलालाई प्रलोभनमा पारी यौनजन्य क्रियाकलाप गरेको भन्दै त्यहाँका महिला कर्मचारीहरुले विरोध गरेका छन् । उनीहरुले डीन दत्तलाई तत्काल बर्खास्त गरी कारबाही गर्न समेत माग गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार