काठमाडौँ । मलेसिया, खाडी र युरोप क्षेत्रमा गएका नेपाली श्रमिकले अब दूतावासबाटै पुनः श्रम स्वीकृति लिन पाउने भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले नै जिम्मेवारी सम्हालेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यसअघिको ब्यवस्था हटाउदै सम्बन्धित कुटनितिक नियोगबाटै पुनः श्रम स्विकृती गर्न पाउने ब्यवस्था मिलाएको हो ।
त्यस्तै सो क्षेत्रमा दुई वर्षका लागि मात्र श्रम स्वीकृति दिने व्यवस्थालाई समेत सरकारले बुधबारबाट हटाएको छ । नेपालबाट दुईवर्षे करारपत्रमा गए पनि रोजगारदाताको मागअनुसार कामदारले करारपत्र नवीकरण गर्दै आएका थिए ।
मन्त्रालयका प्रबक्ता डण्डुराज घिमिरेका अनुसार प्रधानमन्त्रीस्तरबाट निर्णय गरि अबदेखी गन्तव्य मुलुकबाट प्राप्त गरेको कार्य अनुमति र रोजगारदाता र श्रमिक वीच भएको कार्य सम्झौताको आधारमा सोही अवधि तोकी श्रम स्वीकृति दिने व्यवस्था गरिएको हो।
