• सोमबार, साउन ११ २०८३

नागरिकले स्वास्थ्य बीमा वापत तिरेको २२ लाख रुपैयाँ लिएर कर्मचारी फरार


बिहिबार, चैत्र २ २०७९
1.8K
Shares

काठमाडौं । नागरिकले स्वास्थ्य बीमा वापत तिरेको झण्डै २२ लाख रुपैयाँ लिएर एक कर्मचारी फरार भएका छन् ।

स्वास्थ्य बिमा बोर्डका अनुसार उदयपुरमा दर्ता अधिकारीको रुपमा कार्यरत सिअहेब (छैटौं तह) मोहम्मद फिरोज अलीले बिमावापत नागरिकले तिरेको प्रिमियमको २१ लाख ८५ हजार १५० रुपैयाँ रकम आफ्नो व्यक्तिगत खातामा राखेर सम्पर्कविहिन भएका हुन्।

बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाका अनुसार ती स्वास्थ्यकर्मी पुस ११ गतेदेखि सम्पर्कविहिन भएका हुन्। उनलाई एक साताभित्र उक्त रकम बोर्डको खातामा जम्मा गरी सम्पर्कमा आउन सार्वजनिक सूचना निकालिएको बसौलाले जानकारी दिए।

अलीलाई खोजी गर्न बोर्डले जिल्ला प्रशासन कार्यालय उदयपुर, जिल्ला प्रहरी कार्यालय उदयपुरलाई समेत पत्राचार गरेपनि अहिलेसम्म सम्पर्कमा नआएको जनाएको छ।

बोर्डले फागुन २९ मा सार्वजनिक सूचना निकाल्दै तोकिएको समयभित्र रकम दाखिल गरेर स्पष्टीकरण पेश नगरेमा अपचलन गरेको रकम व्याजसहित असुल गर्न प्रक्रिया अघि बढाउने र अनुपस्थित भएको विषयमा स्वास्थ्य सेवा ऐन २०५३ अनुसार कारबाही गर्ने जनाएको छ।

हेर्नुहोस बोर्डको पत्र

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार