• शनिबार, साउन ९ २०८३

युवालाई शिक्षा, स्वास्थ्य, रोजगारी लगायतमा पहुँच सुनिश्चित गर्न माग


बिहिबार, चैत्र २ २०७९
1.6K
Shares

काठमाडौँ । राज्यको प्रत्येक अङ्गमा युवाको जनसंख्या आधारमा अर्थपुर्ण प्रतिनिधित्वको सुनिश्चितताका लागि युवाहरुले माग गरेका छन् ।

यसै हप्ता काठमाण्डौमा भएको पाँचौ ‘नेपाल युथ एसडिजी समिट’ मा सहभागी युवाहरुले राज्यका हरेक तह र अंगमा हर्थपूर्ण प्रतिनिधित्व खोज्दै गुणस्तरिय शिक्षा, सिप विकास, स्वास्थ्य, रोजगार तथा स्वरोजगार र वातावरण संरक्षण लगायतमा पहुँच सुनिश्चितका लागि माग गरेका हुन् ।

युथ एड्भोकेसी नेपालको आयोजनामा गत फाागुन २८ र २९ गते सम्पन्न सम्मेलनले दिगो विकासका विभिन्न आयाममा छलफलको आयोजना गरी सम्बन्धित निकायलाई जवाफदेही बनाउने उद्देश्यले ९ बुँदे काठमाण्डौ घोषणापत्र–२०७९ समेत जारी गरेको छ ।

जसमा दिगो विकासका आयामलाई प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ । भिएसओ नेपाल, नाफान, शिक्षाका लागि राष्ट्रिय अभियान, होम नेट नेपाल, ग्लोवल पिस फाउन्डेन लगायतका संस्थाहरुसँगको सहकार्यमा कार्यक्रम भएको हो ।

दुई दिनसम्म चलेको सम्मेलनमा राष्ट्रिय योजना आयोगका सदस्य राम कुमार फुँयालले दिगो विकास र यसको लक्ष्य, वातावरण विज्ञ भोला भट्टराईले वातावरण संरक्षणमा देखिएका चुनौती, अवस्था र योजना, राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले दिगो लक्ष्य विकासलाई परिपूर्ती गर्नका लागि आवस्यक स्रोत र साधन र वर्तमान अवस्था, युथ एड्भोकेसी नेपालका पूर्व अध्यक्ष एवं सल्लाहकार नरेन खतिवडाले दिगो विकास लक्ष्यको कार्यान्वयनमा युवाको भुमिकाका बारेमा बालेका थिए ।

त्यस्तै सम्मेलनका सहसंयोजक खगेन्द्र ओलीले नेपालमा युवाको वर्तमान अवस्था, होमनेड नेपालका शान्ता शाक्यले दिगो विकासका क्षेत्रमा महिलाहरुको सहभागीता, दलित महासंघका उपाध्यक्ष त्रिलोचन्द लोक्यले युवाहरुको अधिकार,कर्तव्य र दायित्व लगायतका बारे कार्यक्रममा आफ्नो प्रस्तुती गरेका थिए ।

यस्तै यौनिक अल्पसंख्यक संख्यक समुदायका अध्यक्ष पिङ्की गुरुङले समावेशी, समानताका बिषयहरु नीतिगत र कार्यान्वयनको अवस्था, मानव अधिकार महाभेलाका संयोजक मञ्जु गुरुङले बैदेशीक रोजगारीमा महिलाको अवस्था र युथ एड्भोकेसी नेपालका अध्यक्ष गणेश धामीले दिगो विकास लक्ष्य कार्यान्वयनमा युवाको जिम्मेवारी र दायित्वका बारे सम्मेलनमा बालेका थिए ।

सम्मेलनमा देशभरका गरि करिब डेढ सय युवाको सहभागिता रहेको थियो ।

यि हुन् सम्मेलनको ९ बुदे काठमाडौँ घोषणा पत्र

१.समयमै दिगो विकास लक्ष्यको प्राप्तीका लागि प्रयाप्त बजेटको विनियोजन गर्दै यसको स्थानियकरण प्रकृयामा युवाहरुको नेतृत्व सुनिश्चित गरियोस ।
२.राष्ट्रिय युवा नीति २०१५ तथा युथ भिजन २०२५ लाई बर्तमान युवाको आवस्यकता तथा चाहना बामोजिम अविलम्व पुनरावलोकन गरियोस ।
३. राज्यको प्रत्येक अङ्गमा युवाको जनसंख्याको आधारमा अर्थपुर्ण प्रतिनिधित्वको सुनिश्चित गर्दै गुणस्तरिय शिक्षा, सिप विकास, स्वास्थ्य, रोजगार तथा स्वरोजगारमा युवाहरुको पहुँच सुनिश्चित गरियोस ।
४.संघिय संरचनानुसार युवाहरुको सुझाव संकलन गर्दै राष्ट्रिय युवा परिषदको ऐन संसोधन गरियोस ।
५. अनौपाचारिक आर्थिक क्षेत्रको पहिचान गर्दै उक्त क्षेत्रमा आवद्ध मजदुरहरुको सामाजिक सुरक्षा सुनिश्चिता गरियोस ।
६. नागरिकवाट श्रृजना भएका तथ्याङ्कलाई मान्यता प्रदान गर्दै यसका माध्यमवाट दिगो विकास कायन्वयनको अनुगमन तथा मुल्यांकनको प्रबन्ध गरियोस ।
७. जलवायु परिवर्तन तथा वातावरण विनासको कारणले अल्पसंख्यक तथा सिमान्तकृत नागरिकमा पारेको प्रभावलाई सम्वोधन गर्नका लागि विशेष नीति, कार्यक्रम तथा योजनाको प्रवन्ध गरियोस ।
८. युवा समुह भित्र जात, वर्ण, भाषा, क्षेत्र, शारिरीक तथा मानसिक अवस्था तथा लिङ्गका आधारमा हुने भेदभाव तथा छुवाछुतको अन्त्य गर्दै अल्पसंख्यक तथा सिमान्तकृत युवाहरुको हक तथा अधिकार सुनिश्चित गर्न विषेश नीति, कार्यक्रम तथा योजनाको तजुमा गरियोस ।
९.शिक्षाको गुणस्तरियता र सबैको पहुँचको लागि अन्तर्राष्ट्रिय मंचमा प्रतिवद्धता गरे बमोजिम कुल बजेटको कम्तिमा २० प्रतिषत बजेट सार्वजनिक शिक्षामा लगानी गरियोस ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार