• शनिबार, साउन ९ २०८३

एकीकृत अखिल नेपाल शिक्षक संगठनको अध्यक्षमा पुनः अधिकारी चयन


बिहिबार, चैत्र २ २०७९
1.1K
Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनको अध्यक्षमा पुनः शंकर अधिकारी निर्वाचित भएका छन् । बुधबार सम्पन्न संगठनको छैटौं राष्ट्रिय अधिवेशनबाट अधिकारी दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

अधिकारी २०७४ सालदेखि अध्यक्ष हुँदै आएका थिए । पुन छैठौ अधिवेशनबाट पुनः उनलाई सर्वसम्मत रुपमा अध्यक्ष बनाएको हो । शिक्षक सङ्गठनको अध्यक्षमा अधिकारीलाई चयन गर्दै २१ पदाधिकारी बनाएको छ ।

वरिष्ठ उपाध्यक्षमा मानबहादुर पाण्डेसहित ९ जना उपाध्यक्ष बनाएको छ । महासचिवमा कुलप्रसाद खतिवडा, उपमहासचिव र सचिव ५/५ जनालाई बनाएको छ । अर्थ उपमहासचिव गणेश रिजाल भएका छन् । माओवादी निकट शिक्षक सङ्गठनको कुल पदाधिकारी २१ जना बनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार