काठमाडौँ । उदयपुरको रामपुर स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नती गर्ने गरी वन क्षेत्र प्रयोग गर्न दिने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ ।
बेलका नगरपालिका वडा नम्बर ९ मा रहेको रामपुर स्वास्थ्य चौकीलाई १० शैयाको अस्प्तालका रुपमा स्तरोन्नती गर्न मन्त्रिपरिषद बैठकले राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको हो ।
हिजो मंगलबार भएको बैठकले सो निर्णय गरेको हो ।