काठमाडौँ । वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता उद्धवप्रसाद पुडासैनी नियुक्त भएका छन् । गत फागुन १९ गतेको मन्त्रिपरिषद बैठकले पुडासैनीलाई न्यायाधिकरणको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।
वैदेशिक रोजगार ऐन, २०६४ को परिच्छेद ९ मा उल्लेख भएका कसूरहरु मध्ये वैदेशिक रोजगार बिभागबाट सजाय हुने भनि लेखिएका कसूर बाहेक अन्य कसूरहरुमा शुरु कारवाही र किनारा गर्नको लागी न्यायाधिकरणले कार्य सम्पादन गर्दै आइरहेको छ । न्यायाधिकरणको कार्यालय बबरमहलमा छ ।